89
काठमाडौं। अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् । स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न पाउने बताए ।
