83
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ । अहिले देशभर ७,५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
