134
बुटवल । नमस्ते नेपालले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको यस संस्थाले मौलिक संस्कृती जोगाउनको लागि देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
देउसी भैलो कार्यक्रमबाट करिव २ लाख संकलन भएको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।

साथै देउसी भोलि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने खरेलले बताए । विद्या पराजुली , बिशाल पाण्डे र सुनिल ढकालको संयोजकत्वमा देउसी भैलो कार्यक्रम भएको हो ।