95
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ४८२ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । योसँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७,४७६ जना रहेका छन् ।
