124
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७,५५४ पीसीआर र ४,८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ ।
previous post