बुटवल । लायन्स क्लब अफ सैनामैना मलमला र सैनामैना स्टारको सयुक्त आयोजनामा कार्तिक २२ गतेबाट सन्चालन भएको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बार्षीक कार्यतालीका अनुसार सामाजिक उत्तरदायित्वलाइ बोध गर्दै सैनामैना आसपासमा रहेका सर्वसाधारणहरुका लागी निशुल्क रुपमा मधुमेह परिक्षण गरिएको थियो। जहा ६५० जनाले मधुमेह परिक्षण गरेका थिए ।
 शनिबार सम्पन्न समापन समारोहमा थप ६५ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष सरोज पन्थले जानकारी दिए । यसैगरी शनिबार नै लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कन्सलटेन्ट फिजिसियन डा प्रकाश भटराइले बिभिन्न उमेर समुहकालाइ चेकजाच गरेका थिए भने २५ हजार भन्दा बढी रकमको निशुल्क औषधि बितरण गरिएको कार्यक्रम संयोजक यवराज कार्की र दिनेश प्रोख्रेलले जानकारी दिए । 
सैनामैना मलमलाका अध्यक्ष सरोज पन्थको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथी चार्टर प्रेसिडेन्ट पवन शर्मा,डा प्रकाश भटराइ, घनश्याम पाण्डे,देबि प्रसाद पाण्डे लगायतले बोल्दै क्लबले सोचेभन्दा राम्रो काम गरीरह्ेको भन्दै आगामी दिनमा आम सर्वसाधारणहरुको मन छुने खालका यस्तै कार्यक्रम सन्चालन गर्न सुझाएका थिए । कार्यक्रमको सन्चालन लायन्स क्लबअफ सैनामैना मलमलाका सचिब लेखनाथ गैरेको सन्चालनमा सम्पन्न भएको थियो ।
लायन्सको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न ः ६ सयभन्दा बढी लाभान्वित
			304
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
