कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो, मंसिर तेस्रो साता महाधिवेशन

by समतल अनलाइन
Shares

‘फर्जी सदस्य’ थपिएको भन्दै बाँके कांग्रेस कार्यालयमा तालाबन्दी
काठमाडौं। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादको टुङ्गो लगाएको छ ।
पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद टुङ्गिएको हो ।

विवाद टुङ्गो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको छ । कांग्रेसको नयाँ कार्यतालिकाअनुसार पर्सिदेखि रोकिएका अधिवेशन प्रक्रिया शुरु गरेर आउँदो मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ ।

कार्यतालिकाअनुसार कांग्रेसले पर्सी रोकिएका १४ जिल्लाको वडा तहदेखिका अधिवेशन शुरु गर्ने, मंसिर १० भित्र जिल्ला अधिवेशन गर्ने, मंसिर १६ र १७ मा प्रदेश अधिवेशन र मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।
‘फर्जी सदस्य’ थपिएको भन्दै बाँके कांग्रेस कार्यालयमा तालाबन्दी
उसैबीच नेपाली कांग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ । सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन् । २३९ फर्जी सदस्यता थपिएको भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो ।

उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको भनाइ छ । सदस्यता विवाद मिलेपछि काँग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन हुन लागेको थियो । सदस्यता विवाद पुनः सतहमै आएको छ । तर पार्टी सभापति किरण कोइरालाले यसलाई समाधान गरी तोकिएकै मितिमा अधिवेशन गर्ने बताइन् ।

You may also like

This will close in 0 seconds