138
बुटवल ।बुटवलको नयाँ गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। सडक पक्की गर्न अलकत्रा पगाल्नका लागि बालिएको आगोबाट आगलागी भएको हो । सोमबार साँझ ५:३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।
बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउँ स्थीत नयागाउ माध्यमिक बिद्यालय अगाडीको चोकमा कालोपत्रे भइरहेका बेला अलकत्र बोकेको गाडीमा आगलागी भएको स्थानीयले बताएका छन्। स्थानीयको प्रयासले आगो निभाउन नसकिएपछि बुटवल उपमहानगरपालिकाको दमकल घटनास्थलतर्फ लागेको छ।
previous post