124
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,०२६ जनाको नमूना परीक्षणमा ३९० जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ । सोहि अवधिमा कूल २,६०६ जनाको पीसीआर र २,४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।