89
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २,१३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १,७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् ।
