150
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७,४६८ पीसीआर र ४,१९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ । कुल संक्रमितमध्ये ९,३१८ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४९० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ ।
previous post