115
नयाँदिल्ली। भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या शनिबार बढेर तीन करोड ४२ लाख ६० हजार ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
यस बाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
previous post