444
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८,८४८ जनाको पिअिसार परीक्षण गर्दा ५२७ र २,५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ ।
previous post