158
काठमाडौ। ६ महिनापछि खुलेको चालक अनुमतिपत्रको अनलाइन आवेदन सेवा दुई दिनमै अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागले दुई दिनअघि मात्रै नयाँ चालक अनुमतिपत्रका लागि आवेदन खुला गरेको थियो । तर, विभागको सर्भर बिग्रिएकोले अनलाइन आवेदन सेवा अवरुद्ध भएको हो ।
सर्भर बिग्रिएका कारण सेवाग्राहीले अनलाइन फारम भर्न सकेका छैनन् । विभागले भने सर्भरमा समस्या भएकाले मर्मतको काम भइरहेको बताएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले प्राविधिक समस्याले सर्भर बिगिएको बताए ।
previous post