109
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७,६२५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १,५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ८७७ संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
previous post