84
काठमाडौं । अमेरिकाले नेपाललाई थप एक लाख डोज कोरोनाविरुद्धको फाइजर खोप अनुदानमा दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्नेछ ।
यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको खोप नेपाललाई अनुदानस्वरुप दिइसकेको छ ।
