111
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी–पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि पूर्वी जिल्लामा जाँदैछन् । प्रधानमन्त्री देउवा आज (आइतबार) पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाने भएका हुन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा जान लागेको रातोपाटीलाई बताए । विहान ८ वजे गएर आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पु¥याएको क्षतिबारे निरीक्षण गरेका थिए ।
previous post