123
मोरङ । विराटनगर नजिकैको भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला परेको छ । विराटनगर ५ कोचाखालका ४५ वर्षीय सञ्जय राईको शव जोगबनी बजार नजिकैको खोला किनारमा भेटिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।
जोगबनीस्थित रेल–वे स्टेसन नजिकैको खोलामा राईको शव फेला परेको भारतीय सुरक्षाकर्मीले बताएका छन् । राईको शव भेटिएपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएका थिए ।