111
प्रदिप ज्ञवाली
सैनामैना । कञ्चन गाउँपालिका १ मा पर्ने हात्तीबजार भन्ने ठाउँबाट ६६ बर्षिय हुम बहादुर रसाइली नाम भएका एक बृद्ध बेपत्ता भएका छन
बडिगाड गाउपालिकामा स्थायी घर भएका उनी हाल रुपन्देहिको कन्चन गाउपालिकाउन १ हात्तीबजारमा आफ्नो छोरा परिवारसङ्ग बस्दै आएका थिए । यही ४ गते सेतो धर्के टिसर्ट र निलो हाल्फ पाइन्ट लगाएका उनी बेलुकी ४ बजे घरबाट वाकिङमा जान्छु भन्दै हिडेको र अहिले सम्म पनि घर नफर्किएको नाताले नाति पर्ने भद्र बि क ले जानकारी दिनुभयो ।