संसद पुनर्स्थापना ‘अर्ली इलेक्सन’ का लागि भएको होइन : वरिष्ठ नेता पौडेल

by समतल अनलाइन
Shares

धनगढी। सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दुई–दुई पटक संसद पुनर्स्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न नसुहाउने बताएका छन् ।

वर्षा र त्यसले निम्त्याएको बाढी पहिरोले पुर्‍याएको क्षतिको स्थलगत अध्ययन गर्न सुदूरपश्चिम हिंडेका पौडेलले आज (शनिबार) धनगढी विमानस्थलमा पत्रकारहरुसँग संसद पुनस्र्थापनाको मुद्दा अर्ली चुनावका लागि नभएको उल्लेख गरेका हुन् ।

नेता पौडेलले संसदले पूरा कार्याकाल काम गर्न पाउनुपर्ने धारणा राखे । फरक प्रसङ्गमा बोल्दै उनले पार्टी महाधिवेशन मंसिरमा तोकिएको समयमा नै हुने दाबी गरे । तोकिएको समयमा अधिवेशन नभए पार्टीको वैधानिकता गुम्ने उनको तर्क थियो ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टीलाई निर्वाचन आयोगले वैधानिक नमान्ने उनको धारणा थियो ।

‘क्रियाशील सदस्यतामा छानबिन समितिले दिएको प्रतिवेदन तल माथि गरेर गम्भिर अपराध गरिएको छ’, उनले भने, ‘पार्टीको छिटो विधि अपनाएर महाधिवेशन गर्नुपर्छ, हामीले वैधानिकता गुमाउनु हुँदैन ।’

You may also like

This will close in 0 seconds