139
काठमाडौं । वर्षासँगै आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । विभिन्न जिल्लामा बाढी–पहिरो जाँदा अहिलेसम्म १११ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता बसन्त कुँवरले अहिलेसम्म १११ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । ‘४४ जना वेपत्ता छन् । ३७ जना घाइते भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको टोलीले खोजी कार्य जारी राखेको छ’, प्रवक्ता कुँवरले भने । सोमबारदेखिको वर्षासँगै आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेका छन् ।
