131
काठमाडौं। नेपालमा छिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९,६१९ जनामा गरिएको परीक्षणमा ७९२ संक्रमित थपिएका हुन् ।
सोही अवधिमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । योसँगै सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको मन्त्रालयले जनाएको छ ।