99
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ । यसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसन, १,१६५ जना संस्थागत आइसोलेसन छन् । यस्तै ३१४ जना सघन उपचार कक्ष र १११ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।