बुटवल ।आइएफ इएसनेपाल र यूएसएआइडी र नेत्रहिन युवासंघको साझेदारीमा रुपन्देहीमा सञ्चालित अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक कार्यशाला समापन गरिएको छ । दुई दिन सम्म भैरहवामा सञ्चालन भएको कार्यशालाको दोस्रो चरणमा बुटवलमा दुई दिन आयोजना गरी समापन गरिएको हो ।
शनिवार बुटवलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्याशालाको समापन गरिएको छ । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यशाला समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै महासचिव खड्काले नेत्रहिन युवा संघ लगायत अपाङ्गता भएका व्याक्तिहरुको लागि मिडियामा पहुँच स्थापना गर्नको लागि पत्रकार महासंघ जहिले पनि तयार रहेको धारणा राखे । उनले पत्रकारिता क्षेत्रमा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीताको लागि महासंघले निःशुल्क रुपमा प्रशिक्षक समेत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरे ।
कार्यशामला समापन कार्यक्रममा रुपन्देही उद्योग व्यापार संगठनका सचिव यमलाल रेग्मी, नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोख्रेल, सचिव टिकाराम घिमिरे, पत्रकार कृष्ण खनाल, सहभागीहरु रेखा रानामगर र माधव कण्डेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
भैरहवा र बुटवलमा ४ दिन सम्म आयोजना गरिएको कार्याशालमा २४ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण अस्मीता क्षेत्री, टिकाराम घिमिरे, लक्ष्मी पाण्डे ले जहजीकरण गरेका थिए ।
आइएफ इएसनेपाल र यूएसएआइडी र नेत्रहिन युवासंघको साझेदारीमा सञ्चालित परियोजनाले रुपन्देहीमा विभिन्न कार्यक्रम अन्तर्गत सो कार्यक्रम सत्तचालन गरेको अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी दिनुभयो । दुई दिने कार्यशालामा विभिन्न अपांगता भएका १२ जना युवाको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसीले अपांगता भएका व्यक्तीहरुको विभिन्न क्षेत्रमा पहुच बढ्दै गएको बताउनुभयो । उहाले रुपन्देहीमा अपांगता भएका व्यक्तीहरुको सवाल उठाउन मिडियामा सहभागीता बढाउन आवश्क रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेत्रहिन युवासंघका अध्यक्ष टिकाराम पौडेलले आफुहरुले सबै प्रकारका अपांगता भएका क्ष्यक्तीहरुको हक हितका लागि काम गरिरहेको भन्दै अपागामी दिनमा नतिजामखी काम गर्ने बताउनुभयो । परियोजनाका प्रमोटर टिकाराम घिमिरे रलक्ष्मी पाण्डेले लोकतन्त्र ,नेतृत्व,जनप्रतिनिधि र अधिकारका विषयमा सहजिकरण गनुभएको थियो । पहिलो कार्यक्रम सकिएको यसैको अर्काे कार्यक्रम २२ र २३ गते बुटवलमा हुने परियोजनाले जनाएको छ ।
अपाङ्गता भएका युवाहरुको राजनीतिक पहुँच कार्यालशाला समापन
127