130
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८२ जनाको पीसीआर परीक्षणमा ७६२ र ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०६ जनामा कोरोना पुष्टि भएको छ ।