117
गोरखा। कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ ।
आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले जानकारी दिए ।
चुचुरोमा पुगेर आस्मासहितको टोली बेसक्याम्पतिर फर्कने क्रममा रहेको उनले जानकारी दिए । ‘थप इन्फर्मेसन आउँदै छ, उहाँसहितको टोलीले सफल आरोहण गरेर आधारशिविर फर्कने क्रममा हुनुहुन्छ,’ उनले भने ।
previous post