127
काठमाडौं। अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो ।
प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ । अफगानिस्तानमा हजारौं नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ ।