116
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ (भोलि) गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । आज (शुक्रबार) बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दशैंअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।