148
बुटवल।रुपन्देहीको बुटवल उपमहानगरपालिका देविनगरस्थित तिनाउ नदीमा फेला परेको शवको पहिचान भएको छ। शव बुटवल–४, आदर्शनगरका ८ वर्षीया सुजन सारुको रहेको प्रहरीले पुष्टि गरेको छ।
हिजो बिहीबार साँझ ४ बजेदेखि परिवारको सम्पर्कमा नरहेका सुजन पौडी खेल्ने क्रममा खोलामा बगेर मृत्यु भएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मदन कुँवरले हिजो साँझसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले बालक हराएको भन्दै जानकारी गराएको बताए ।
previous post