133
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १३ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,२५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेको छ । यसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १,३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।