संविधान दिवसको अवसरमा स्काउटको रक्तदान

by समतल अनलाइन

बुटवल । संविधान दिवसको अवसरमा नेपाल स्काउट लुम्बिनी प्रदेश समितिले आइतबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षता र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३५ प्वाइन्ट रगत संकलन भएको स्काउट प्रदेश सदस्य भरत अर्यालले जानकारी दिए ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदीले संबिधान दिबसको अबसरमा रक्तदान जस्तो महत्बपूर्ण कार्यक्रम राखेकोमा नेपाल स्काउट लुम्बीनि प्रदेशलाइ धन्याबाद दिदै रगतको अभाबले कसैको मृत्यु नहोस भन्ने उद्धेश्यले गरिएको यो कार्यक्रम निकै महत्बपूर्ण रहेको बताउनुभयाे ।

स्काउटले बिगत देखि नै सामाजिक क्षेत्रमा निरन्तर काम गदै आएको छ अगामि दिनमा पनि यस्ता कार्यक्रमहरलाई निरन्तरता दिन आग्रह गनु भयो ।

कार्यक्रममा नगर प्रमुख शिबराज सुबेदि बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमानन्द न्यौपाने नेपाल स्काउट लुम्बीनि प्रदेश संयोजक दिननाथ भट्टराइले रक्तदाताहरूलाई प्रसंशापत्रले सम्मान गरेका थिए ।

समाजसेवामा सकृय नेपाल स्काउटले संविधान दिवसको अवसरमा रक्तदान जिवनदान भन्ने नारालाई साकार पार्न रक्तदान कार्यक्रम आयोजना गरिएको स्काउट प्रदेश कार्यालयका कार्यालय प्रमुख तारा पुरीले जानकारी दिनुभयाे।

Shares

You may also like

skip


This will close in 5 seconds