बुटवल।लायन्स क्लव अफ सैनामैना मलमलाकाे पाँचौं चार्टर नाइट कार्यक्रम सम्पन भएको छ ।
बुधबार सैनामैनामा सम्पन्न भएकाे कार्यक्रममा क्लवका संस्थापक देखि नयाँ सदस्यहरूकाे उपस्तिथि रहेकाे थियो । क्लवका अध्यक्ष सरोज पन्थ काे अध्यक्षतामा सम्पन भएकाे कार्यक्रममा बोल्दै प्रमुख अथिति पिजिडी लायन महेन्द्र नारायण श्रेष्ठ ले क्लवले सैनामैनामा रहेर छोटो समयमा गरेको प्रगति निकै खुशी लागेको बताए ।
उनले लायन्स आफैमा महत्त्वपूर्ण संस्था रहेकाले यसको गरिमा जोगाई राख्न र सामाजिक सेवा भावलाइ अझै उचाइमा लैजान आग्रह गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि डिस्ट्रिक चिफ एडभाइजर उमंग देवकोटा, एरिया चिफ लायन जीवन गौतम,रिजन जोन चियर पर्सन माधव खनाल , जोन चियर पर्सन एकदेव बस्याल , यसै गरी अतिथी क्लवका चार्टर प्रेसिडेन्ट कृष्ण प्रसाद शर्मा , लायन्स क्लव अफ सैनामैना स्टारका चार्टर्ड प्रेसिडेन्ट कृष्ण ज्ञवाली , क्लवका प्रथम अध्यक्ष युवराज कार्की लगायतले बोल्दै आगामी दिनमा आफनो योजनालाई सफल पार्दै क्लवले रचनात्मक काम लाइ प्राथमिकता दिने बताए। यसैबीच क्लबले चार्टर प्रेसिडेन्ट कृष्ण प्रसाद शर्मालाइ सम्मान समेत गरेको छ ।