136
काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत गए राति भएको खेलमा ओमनले नेपाललाई ५ विकेटले हराएको छ ।
ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने हिजो ओमानसँग ५ विकेटले नै हारेको हो । अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले ३२ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
ओमानको जितमा सुरुवाती ब्याट्सम्यान जतिन्दर सिंहको १०७ रन महत्वपूर्ण रह्यो । नेपालका लागि आरिम शेखले ९० रन जोेडेका थिए । यो हारसँगै नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेट तालिकामा पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ ।