115
नवलपरासी। महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । त्यस्तै घाइतेमध्ये तीन जनाको गम्भीर रहेको उनले जानकारी दिए ।