131
काठमाडौं। हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।
साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आंशिक बदली रहेको छ ।