139
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शवसँगै ११ जनाको अस्तु नेपाल ल्याइएको छ ।
विभिन्न समयमा मलेसियामा मृत्यु भएकाहरूको शवसँगै अस्तु वैदेशिक रोजगार विभागको समन्वयमा शनिबार नेपाल आइपुगेको हो । नेपाल एयरलाइन्सको आर ए ४१६ फ्लाइटमा मृतकको शरीर तथा अस्तु नेपाल ल्याएको विभागले जनाएको छ ।
नेपाल ल्याइएका अस्तुहरूमध्ये १० जनाको कोभिडका कारण निधन भएर मलेसियामै अन्त्येष्टि गरिएको थियो । मृत्यु भएर नेपाल ल्याइएका ६ वटा शव इटहरी, सप्तरी, बैतडी, भोजपुर, मोरङ र रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरूको रहेको विभागले जनाएको छ ।