172
काठमाडौं। नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए ।
उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी) मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताए । उनले सङ्क्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गरे ।
previous post