136
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८४५ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १,८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या नेपालमा ७ लाख ३५ हजार छ पुगेको छ । कोरोना निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।