127
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४,३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १,८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कूल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ । कूल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १,७४३ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।
previous post