85
बुटवल । रुपन्देहीमा एक ३ वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । बुटवल नगरपालिका– ११ बुद्धनगर बस्ने राजु परियारकी ३ वर्षीया छोरी सम्राट परियारको पानीमा डुबेर मृत्यु भएको हो ।
स्थानीय तिनाउ खोला छेउमा खेल्ने क्रममा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । डुबे लगत्तै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
