117
बुटवल । रुपन्देही क्षेत्र भित्र रहेका अधिकाशं प्राविधिक कलेजहरुले कोभिड-१९ को माहामारी तथा लकडाउनको जटिल परिस्थितिमा विद्यार्थीहरुको सेमेस्टर शुल्कमा कुनै छुट नदिई उल्टै अनलाइन कक्षाका नाममा अतिरिक्त शुल्क लिने गरेको घटना प्रति नेपाल प्राविधिक विद्यार्थी संघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ ।
संघले २५% सेमेस्टर शुल्क छुटको माग गर्दै रुपन्देहीले प्रेस बिज्ञप्ती मार्फत आन्दोलनको चेतावनी दिएको छ ।