123
काठमाडौं । तालिबान समूहले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट ८६० नेपाली स्वदेश फर्किएका छन् । पछिल्लो पटक शुक्रबार थप तीन नेपाली स्वदेश आइपुगेका परराष्ट्र मन्त्रालयले जनाकएको छ ।
तालिबान समूहले गएको १५ अगस्टका दिन राजधानी काबुल समेत कब्जा गरेपछि विभिन्न देशले त्यहाँबाट आफ्ना नागरिकको उद्धार कार्य शुरु गरेका थिए । अफगानिस्तानमा अझै बाँकी रहेका नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम चलिरहेको सरकारले जनाएको छ ।
previous post