दिपक न्यौपाने
बुटवल । बुटवल । लायन्स क्लब अफ बुटवल ,लाइनेस क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको सयुक्त आयोजनामा बुधबार बुटवलमा राहत बितरण गरिएको छ । बुटवल २ मा रहेको आखा अस्पताल भित्र १०५ जना परिवारलाइ दाल, चामल, आटा ,चिनी ,तेल लगायतका खाधान्न बितरण गरीएको लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश न्यौपानेले जानकारी दिए ।
लायन्स क्लब अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता लायन्स जिल्ला परिषदका एक्ज्यूकेटिभ चिफ लायन अर्जुनमान सैजु, लायन्स् आखा अस्पतालका सभापती लायन रामेश्वर श्रेष्ठ,जोन चेयर पर्सन नरेश श्रेष्ठ , लाइनेस पुष्षा श्रेष्ठ, लियो अध्यक्ष रमेश न्यौपाने , लियो डिस्ट्रिक डाइरेक्टर अबिनाश श्रेष्ठ लगायतले बोल्दै आगामी दिनमा यस्तो अभियानलाइ निरन्तरता दिने बताएका थिए । प्रमुख अतिथी अर्जुनमान सैजुले ज्यालादारी मझदुरी गरेर जिबिको पार्जन गर्नेहरुलाइ कोरोना कहरले गाहो बनाएको भन्दै सयुक्त रुपमा क्लबले राहात प्रदान गरेको बताएका थिए ।