स्वास्थ्यको लागि माछा खानु फाइदा वा बेफाइदा ?

by समतल अनलाइन
Shares

माछा प्रायःसबैलाई मन पर्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागी राम्रो मानिन्छ । हाम्रो मुटु, मष्तिष्कलाई आवश्यक हुने तत्व माछामा पाइने विविध वैज्ञानीकहरुको अनुसन्धानबाट पत्ता लागिसकेका छन् । कुनैपनि कुराको राम्रो संगै नराम्रो पक्ष पनि हुन्छन् त्यसतै यसको पनि नकारात्मक पक्ष पनि छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रा असरहरु पार्छन् ।

माछामा प्रसस्तै प्रोटिन र भिटामिन –डी पाइन्छ जसले हाम्रो शरीरका मांसपेसीको वुद्धी र विकास गर्छ तथापी त्यहि प्रोटिन बढि भएमा हानिकारक हुन सक्छ । माछामा धातु पारो पनि पाइने भएकाले गर्भवती महिला र नवजात शीशुलाई हानिकारक हुनसक्छ ।

माछाको के –के फाइदा र बेफाइदा छ त ? थाहा पाउनुस् –

१ ) फाइदाहरु

मुटु : माछाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २ देखि ३ पटक सम्म माछा सेवन गर्छन् उनीहरुलाई हृदयघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रेशन :माछा मा ओमेगा ३ फैटी एसिडको पाइने भयकोले डिपे्रशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ ।

दम: माछाको सेवनबाट दम कम हुने गरेको एक अनुसन्धानबाट प्रस्ट हुन्छ । अनुसन्धानको अनुसार माछाको सेवन धेरै गर्ने मानिसमा दमको समस्या कम पाइने गरेको छ ।

आँखाको दृष्टि :माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा :माछाको सेवनले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

२ ) माछाको बेफाइदाहरु

गर्ववती : गर्ववती महिलाहरुको लागी माछा ठिक हुदैन किन कि यसमा धेरै भन्दा धेरै पारो धातु पाइने गर्छ जुन उनीहरुको लागि घातक हुन्छ। यसको असर शिशुमा पर्न गइ बच्चामा विविध खोटहरु देखिनुको साथै सुस्त मनोस्थितिको हुने सम्भावना रहन्छ । माछामा काँडा हुने हुदा ध्यान दिएर नखाएमा ज्यान समेत जान्छ । यो माछा बनाउने वा पकाउनेमा पनि भर पर्छ, माछा घाटिमा अड्किएको खण्डमा केरा खानु पर्छ ।

मधुमेह : मधुमेह भएकाले पनि माछा सेवन गर्नु हुदैन। माछामा कोलेस्ट्रोल बढी हुने भएकोले यो सुगर हुनेहुरुलाई घातक बन्ने गर्छ। सुगर हुनेहरु बढी जस्तो माछा सेवन गरेकाहरु पाइएको एक अमेरिकाको अनुसन्धानले बताएका छन्

 

You may also like

This will close in 0 seconds