174
बुटवल । नमस्ते नेपालले रुपन्देहीको मर्चवारमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार रुपन्देही तिलोत्तमाका युवाहरु र विशेषज्ञ डाक्टरहरुको टोलि गरि २० जना रुपन्देहीको मर्चवारमा बिहान ९ बजेको समयमा पुगेको थियो। शनिबार सार्वजनिक बिदा भएकाले स्थानीयहरुको उल्लेख्य रुपमा भिडभाड रहेको थियो। आकाशबाट पानी पर्ने छाटकाट देखिएको थियो , तर पनि नमस्ते नेपालका युवाहरु त्यसको प्रवाह नगरी स्थानियलाई लाइनमा मिलाउन लागि परेका थिए ।