171
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २,२२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् ।
previous post