85
गोरखा । दिदीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका निवासी सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा २६ वर्षका भाइ पक्राउ परेका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
गत सोमबार फरक क्षमता (बोल्न नसक्ने) सौतेनी दिदीलाई घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर बलात्कार गरेको पीडितले आफ्ना श्रीमान र जेठानीलाई जानकारी दिए पछि प्रहरीमा उजुरी परेको थियो । प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरी बुधबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भएको छ ।
