नारायणी नदीमा हामफालेर एक पुरुष बेपत्ता, नागरिकता मात्र भेटियो

by समतल अनलाइन
Shares

चितवन। नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन् । आज (मंगलबार) बिहान करिब ७ बजे पुलबाट नदीमा हामफालेका हुन् ।

पुलमा भेटिएको झोलाभित्र रहेको नागरिताको आधारमा प्रहरीले हामफाल्ने व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता हुन सक्ने अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर आउना साथ प्रहरी टोलीले खोजतलास गरिरहेको जानकारी दिए । ‘पुलमाथि एउटा झोलाभित्र नागरिकताको फोटोकपी गुप्ताको थियो’, उनले भने, ‘तर, हामफाल्ने व्यक्ति उनी नै हुन् या होइनन् भन्ने यकिन गर्न चाहिँ मिल्दैन ।’

You may also like

This will close in 0 seconds