117
काठमाडौ । अहिले देशभर सामान्य मौसम बदलीको अवस्था रहेको छ । अहिले प्रदेश–१, वागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविदले जनाएका छन् ।
नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (आइतबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश–१ का एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना छ ।