113
बुटवल ।रुपन्देहीमा थप ३२ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १७० जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ३२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकामा ९ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका ४-४ जना र ओमसतिया गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका छन् ।